पोखरा लामाचौरमा भदौ २९ देखि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता, पानीको बोतल निषेध

त्रिभुवन आर्मी क्लब सहभागिता नहुने

पाेखरा | भदौ २४, २०८०

पोखरा लामाचौरमा भदौ २९ देखि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता, पानीको बोतल निषेध

पोखरा:     हरितालिका तीजको अवसरमा पोखरा लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । 


नव आदर्श सामुदायिक विकास समाजले भदौ २९ देखि असोज १ गतेसम्म हरितालिका तीजको अवसरमा १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । 


संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए । 


उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ । 


१० औं संस्करणको लामाचौर कपमा आयोजित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दुवै विधामा सहभागिता नजनाउने आयोजकले जनाएको छ । यस्तै एसियन च्याम्पिनसिपको बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला तथा पुरुष खेलाडीले यस प्रतियोगितामा सहभागिता हुने छैन । 


महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफक्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता जनाउने छन् । यस्तै दोस्रो संस्करणको पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता जनाउने छन् । 


‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् । 


यस्तै तीज गीत प्रतियोगिताको विजेताले ५० हजार १ सय ११, दोस्रो हुने समूहले ३० हजार  १ सय ११ र तेस्रो हुने समूहले २० हजार १ सय ११ र सान्त्वना हुने समूहले १० हजार १ सय ११ पुरस्कार प्राप्त गर्नेछन्, भने सहभागि समूहलाई प्रोत्साहन स्वरुप २ हजार भत्ता उपलब्ध गराउने आयोजकले जनाएको छ । 


तीज महोत्सवमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको विजेताले ४० हजार १ सय ११, दोस्रो हुने समूहले २५ हजार १ सय ११, तेस्रो हुने समूहले १५ हजार १ सय ११ र सान्त्वना हुने तीन समूहले ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


भदौं २९ गतेदेखि असोज १ गतेसम्म सञ्चालन हुने तीज महोत्सवमा २९ गतेदेखि पुरुष भलिबल प्रतियोगिता सुरु हुने संस्थाका प्रथम उपाध्यक्ष एवम् संयोजक भण्डारीले बताए । 


‘लामाचौर कप’ दर्शकलाई पहिलो दिन १ सय, दोस्रो र तेस्रो दिन २ सय र फाईनल खेल सञ्चालनको दिन ३ सय रुपैयाँ टिकट शुल्क कायम गरेको छ भने, ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरेको छ । 


आयोजकले भलिबल कोर्टमा खेल सञ्चालन भइरहेको समयमा रेफ्री र खेलाडीलाई बोतल प्रहार भएको घटनापछि दर्शकलाई यसपटक हेल्मेट र पानीको बोटल लैजान निषेध गरेको छ । 

 

भलिबल कोर्टसँगै प्याराफिटमा नै दर्शकलाई पानीको व्यवस्था गर्ने आयोजकले जनाएको छ । तीज महोत्सव एवम् लामाचौर कपमा करिव ५२ लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान गरेको छ । 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्